‘छोरीले छोराको मुखमा एसिड् खन्याउने अवस्था सृजना गर्दैछौं’



२४ माघ २०७६, काठमाडौं

प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले अब छोरीलाई छोराको जिउमाथि एसिड् खन्याइदिने अवस्था ल्याउने आफ्नो सोँच रहेको बताएका छन्।

महिला अगुवाहरुसँगको भेटमा मुख्यमन्त्री राउतले यस्तो प्रतिक्रिया दिएको भिडियो सार्वजनिक भएको छ। “तपाईँहरु छोरीको बारेमा सोँच्दै हुनुहुन्छ। हामी पनि पहिलेदेखि नै छोरीको विषयमा सोचिरहेका छौं।” उनले मैथिली भाषामा भनेका छन्, ‘छोरीलाई यति कन्फिडेन्ट, क्यापेबल र यति वारियर बनाउनु छ मेरो कार्यकालमा, की छोरीले अब छोराको मुखमा एसीड् खन्याउँछन्। यस्तो मेरो सोँच छ।’

आफ्नो पद र गरिमाको ख्याल नै नगरी मुख्यमन्त्री राउतले अपराध बढाउन तर्क दिएको भन्दै अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

यसअघि पनि मुख्यमन्त्री राउतले एउटा अन्तरवार्तामा अपशब्द प्रयोग गरेपछि व्यापक आलोचना भएको थियो।

प्रतिक्रिया दिनुहोस्