२५ माघ २०७६, काठमाडौं
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रवास समन्वय कमिटी गठन गरेको छ।
कमिटीको सह-इन्चार्जमा लक्ष्मण पन्त, अध्यक्षमा युवराज चौंलागाईं, सचिवमा श्रीप्रसाद शाह र सदस्यमा तिलबहादुर बिक रहेका छन्।
नेकपा महासचिव विष्णु पौडेलको उपस्थितिमा सम्पन्न प्रवास समन्वय समितिको बैठकले कमिटीको कार्यविभाजन र प्रवासी नेपाली एकता मञ्चको निर्धारण गरेको छ।
बैठकले ३६ देशमा मञ्चको नेतृत्वको नामावली टुंग्याएको हो।
नामावली :