ललिता निवास जग्गा प्रकरण : प्रदर्शनमा उत्रिएका विवेकशील नेपालीका कार्यकता पक्राउ



२५ माघ २०७६, काठमाडौं

ललिता निवास जग्गा अनियमितता प्रकरणमा अख्तियारको व्यवहार समान नभएको भन्दै प्रदर्शनमा उत्रिएका विवेकशील नेपालीका नेता/कार्यकर्ता पक्राउ परेका छन्।

ललिता निवास रहेको बालुवाटार पुगेका विवेकशीलका नेता/कार्यकर्तालाई शनिबार प्रहरीले प्रदर्शनस्थलबाटै पक्राउ गरेको हो। विवेकशीलकी उपाध्यक्ष अजीता राईका अनुसार पक्राउ पर्नेमा रञ्जु दर्शना न्यौपाने, संगीता बाटाजु, आलोक सुवेदी, वृतान्त खनाल, शशिविक्रम कार्कीलगायत ११ जना रहेका छन्।

राईले विज्ञप्ति जारी गर्दै वालुवाटार ललिता निवासको सरकारी जग्गा हत्याउन विगतमा संलग्न रहेकालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा लगाउने तथा नलगाउने निर्णयमा पक्षधरता देखाएकोले प्रदर्शन गर्नुपरेको उल्लेख गरेकी छन्।

पक्राउ परेका उनीहरुलाई महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्