नरेन्द्र मोदीको भाषणको ‘एक शब्द’ संसदको रेकर्डबाट हटाइयो



२५ माघ २०७६, काठमाडौं

संसदमा नागरिकता कानूनमाथिको चर्चाको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको सम्बोधनको एक शब्द संसदको रेकर्डबाट हटाइएको छ।

प्रधानमन्त्री मोदीले संसदको बजेट सत्रको शुरुमा संसदको संयुक्त सत्रमा बिहीबार गरेको टिप्पणीको एक शब्द संसदको रेकर्डबाट हटाइएको हो। राज्यसभाका सभापति एवं वेंकेया नायडूको निर्देशनमा मोदीको टिप्पणीको एक शब्द हटाइएको हो।

“सभापतिले फेब्रुअरी ६ को बेलुका ६ बजेर २० मिनेट देखि ६ बजेर ३० मिनेटसम्मको कारबाहीको केही अंश हटाउने निर्देशन दिनुभएको छ।” राज्यसभाले जारी गरेको वक्तव्यमा भनिएको छ।

यस्तै विपक्षी नेता तथा कांग्रेसका वरिष्ठ सांसद गुलाम नबी आजादको टिप्पणीको एक शब्द पनि हटाइएको छ। मोदीको भाषणपछि उनले गरेको टिप्पणीको अंश हटाइएको हो।

तर, मोदी र गुलाम नाबीको कुन शब्द रेकर्डबाट हटाइएको हो भन्ने जानकारी नदिइएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्