कांग्रेसद्वारा संसद फेरि अवरुद्ध



२६ माघ २०७६, काठमाडौं

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको तेस्रो बैठक पनि अवरुद्ध गरेका छन्।

उप-सभापति विजयकुमार गच्छदारलाई नियतवश भ्रष्टाचार मुद्दामा फसाइएको भन्दै कांग्रेसले आइतबार (आज) बोलाइएको बैठक पनि अवरुद्ध गरेको हो।

बालुवाटारस्थित ललिता निवास क्याम्प क्षेत्रको जग्गा विक्री प्रकरणमा गत बुधबार गच्छदारसहित १७५ जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा चलाएपछि कांग्रेस आन्दोलित छ।

यसअघि पनि कांग्रेसले दुई पटक बैठक अवरुद्ध गरेको छ। आइतबारै कांग्रेसको भातृसंस्था तरुण दलको अगुवाईमा माइती घरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरिएको छ।

कांग्रेको अवरोधपछि सभामुख सापकोटाले प्रतिनिधि सभाको बैठक माघ २८ गतेसम्मका लागि स्थगित गरेका छन्।

प्रतिक्रिया दिनुहोस्