कांग्रेसलाई ललिता निवास जग्गा खोज्न गठित समितिका संयोजक त्रितालको चार बुँदे सुझाव



२७ माघ २०७६, काठमाडौं

सरकारले ललिता निवासको जग्गा खोज्न गठन गरेको समितिका संयोजक तथा नेपाल सरकारका पूर्व सचिव शारदा प्रसाद त्रितालले सडकदेखि सदनसम्म उफ्रिरहेको प्रतिपक्ष नेपाली कांग्रेसलाई चार बुँदे सुझाव दिएका छन्।

संयोजक त्रितालले आइतबार (हिजो) आफ्नो आधिकारिक फेसबूक अकाउन्ट्मा लेख्दै कांग्रेसलाई चार बुँदे सुझाव दिएका हुन्।

उनले कांग्रेसले अख्तियार दुरुपयोग आयोगलाई थप अधिकार सम्पन्न बनाउने, अहिलेको राष्ट्रिय सतर्कता केन्द्रलाई सार्वजनिक सदाचार सम्बन्धी नीतिगत विषय, ‍सदाचार पद्दति सम्बन्धी अध्ययन तथा अनुसन्धान, नैतिक शिक्षाको प्रवर्द्धन, भ्रष्टाचार विरुद्धको अभियानको विस्तार तथा सदाचार पद्दतिको कार्यान्वयनको अनुगमन गर्ने जस्ता जिम्मेवारीसहित ऐनद्वारा नै यसको अधिकार र क्षमता बढोत्तरी गर्ने व्यवस्था गर्न माग गरेमा राम्रो हुने सुझाव दिएका हुन्।

विस्तृत यहाँ हेर्नुहोस्।

प्रतिक्रिया दिनुहोस्