आत्मघाती हमलामा पाँचको मृत्यु, बाह्र घाइते



२८ माघ २०७६, काठमाडौं

अफगानिस्तानको काबुलस्थित रक्षा मन्त्रालयलाई लक्षित गर्दै भएको आत्मघाती आक्रमणमा पाँच जनाले ज्यान गुमाएका छन्।

‘तीनजना सैनिकसहित पाँच जनाको मृत्यु भएको छ। दुईजना आम नागरिक हुन्,’ मन्त्रालयका प्रवक्ता नसरत रहिमीले अन्तर्राष्ट्रिय मिडियालाई जानकारी दिएका छन्। विस्फोटमा अन्य बाह्र जना सख्त घाइते भएका छन्।

जसमध्ये पाँचजना सर्वसाधारण भएको बताइएको छ। सैनिक प्रशिक्षालयको गेटमै हमला भएको थियो। ‘मर्सल फहिम मिलिटरी एकेडेमी’को गेट नजिकै हमला भएको बताइएको छ।

प्रत्यक्षदर्शीहरुका अनुसार त्यहाँ नजिकैका घर नै हल्लाउने गरी शक्तिशाली विस्फोट भएको थियो। विस्फोटपछि गोली प्रहारको आवाज सुनिएको स्थानीयवासीहरुको भनाई छ।

विस्फोटको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले लिएको छैन। अफगानिस्तानका ग्रामीण स्थानमा तालिबान समूह सक्रिय रहँदैआएको छ।-एजेन्सी

प्रतिक्रिया दिनुहोस्