‘ललिता निवास जग्गा प्रकरणको जिम्मा सबै पूर्व प्रधानमन्त्रीहरुले लिनुपर्छ’



२८ माघ २०७६, काठमाडौं

समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरीले ललिता निवास जग्गा प्रकरणको जिम्मा सबै पूर्व प्रधानमन्त्रीहरुले लिनुपर्ने बताएकी छिन्।

मंगलबार (आज) बोलाइएको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गिरीले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो नाम जोडिएको भएपनि मुद्दाको छानबिन हुनुपर्ने बताएकाले सबै पूर्व प्रधानमन्त्रीहरुले आफ्नो कार्यकालमा भएका निर्णयहरुको जिम्मा लिनुपर्ने बताएकी हुन्।

“हाम्रो संघीय परिषद्का नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पनि नाम जोडिएको छ। आफ्नो नाम जोडिए पनि उहाँले छानबिन हुनुपर्छ भनेर भन्नुभएको छ।” उनले भनिन्, ‘त्यसैले कुनै पनि हालतमा सबै पूर्व प्रधानमन्त्रीहरुले आफ्नो कार्यकालमा भएका निर्णयहरुको जिम्मा लिनुपर्छ।’

यस्तै उनले चीनको कारोना प्रभावित क्षेत्रमा रहेका नेपाली विद्यार्थीहरुलाई फर्काउनको लागि संसदमा आवाज उठाउने बेलामा अवरुद्ध भएकोप्रति खेद जनाउँदै विद्यार्थी फर्काउने कुरामा सरकारको ध्यानाकर्षन हुनुपर्ने बताइन्।

प्रतिक्रिया दिनुहोस्