कुबेतमा बालुवा र ग्राभेलको ढिस्कोले पुरिदा ४ नेपाली सहित ६को मृत्यु



०१ फागुन २०७६, एजेन्सी

कुबेतमा चार नेपाली सहित छ जनाले ज्यान गुमाएका छन् । बुधबार मुत्तला निर्माण क्षेत्रमा बालुवा र ग्राभेलको ठूलो ढिस्कोमा पुरिदा छ जनाको मृत्यु भएको हो ।

१० जना कामदार काम गरिरहेको बेला एक्कासी ढिस्को खसेको थियो । घट्नामा परेर तीन जना घाइते भएका छन् भने एक जनाको अझैं खोजी कार्य भइरहेको छ । घट्नास्थलबाट उद्धार गरिएकाहरुलाई जारा अस्पतालमा पुर्याइएको छ । मृतकहरुको भने पहिचान हुन सकेको छैन ।

कामदारहरुको ज्यान जानेगरि भएको घट्नाको बारेमा अनुसन्धान गर्नको लागि सार्वजनिक तथा आवास मन्त्री डा. अबदुल्ला अल फारिसले निर्देशन दिएकी छिन् । घट्नास्थलमा पुगेकी मन्त्री अबदुल्लाले घट्नाको कारण पत्ता लगाउन निर्देशन दिएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्