अमेरिकी बेस क्याम्पमा रकेट हमला



०२ फागुन २०७६, काठमाडौं

इराकस्थित अमेरिकी सुरक्षा फौजको बेस क्याम्पमा रकेट आक्रमण भएको छ।

इराकको ग्रामीण क्षेत्र किर्कुकमा रहेको अमेरिकी ‘के १ बेस क्याम्प’मा रकेट आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

आक्रमणबाट मानवीय क्षति भएको वा नभएको भन्ने बारे कुनै विवरण बाहिर आएको छन। एएफपीका अनुसार स्थानीय समय अनुसार बिहीबार पौने ९ बजे आक्रमण भएको थियो।

तत्कालै अमेरिकाले हवाइ सर्च अभियान सुरु गरेको थियो। उक्त क्षेत्रमा गत डिसेम्बर २७ पछि पहिलो पटक रकेट आक्रमण भएको हो। त्यसबेला अमेरिकाले हिजबुल्लाह समूहलाई घटनाको आरोप लगाएको थियो।

एएफपी

प्रतिक्रिया दिनुहोस्