०३ फागुन २०७६, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी संसदबाट सजिलै पास हुने बताएका छन्।
सरकार सञ्चालनको दुई वर्ष पूरा भएको अवसरमा संसद सम्बोधन गरेकोपछिको पुरक समयमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले एमसीसीसँग गरिएको सम्झौता सभामुख अग्नी प्रसाद सापकोटाले प्रस्तुत गर्ने बित्तिक्कै पास हुने बताएका हुन्।
राजनीतिक दलहरूमा विवाद हुनु आफ्नो ठाउँमा रहेको तर उक्त सम्झौता सदनमा प्रस्तुत भएपछि पास हुने ओलीको भनाई थियो। “एमसीसी राजनीतिक दलहरूले अध्ययन गर्लान् त्यो आफ्नो ठाउँमा छ। तर सरकारले अनुमोदनका लागि संसदमा पेस गरेको छ।” प्रधानमन्त्रीले भने, ‘सभामुख महोदयले निर्णयार्थ प्रस्तुत गर्ने बित्तिक्कै पास हुन्छ।’
एमसीसीबारेको विवाद राजनीतिक दलहरूको आन्तरिक भएको प्रधानमन्त्रीको भनाई थियो।