०४ फागुन २०७६, काठमाडौँ
नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले फागुन १५ गते विवाह गर्ने भएका छन् । केहीसमय अघि प्रियंकाले यहि फागुनमा विवाह गर्ने भएपनि विवाहको दिन तय नभएको बताएकी थिइन् ।
उनले सामाजिक सञ्जालमार्फत यो कुराको जानकारी दिएकी छिन् । यो सँगै आयुष्मान र प्रियंकालाई सामाजिक सञ्जालमा शुभकामना दिनेको ओइरो नै लागेको छ । प्रियंका र आयुष्मानले आफ्नो विवाहको तयारी सुरु गरिसकेका छन् ।