०४ फागुन २०७६, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन्।
आइतबार (आज) त्यहाँ पुगेका प्रधानमन्त्रीलाई प्रदेश नं. १ का प्रमुख सोमनाथ अधिकारी, मुख्यमन्त्री शेरधन राई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तुकुमार नेम्वाङ, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीलगायतले स्वागत गरेका छन्।
प्रधानमन्त्री ओलीलाई स्वागत गर्न झापाका प्रतिनिधि सभा र प्रदेश सभाका सांसद् र स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी भएका थिए। प्रधानमन्त्रीसँगै पूर्वसभामुख सुवाशचन्द्र नेम्वाङ पनि सहभागी छन्।
झापामा रहँदा प्रधानमन्त्री ओलीले दमक कृष्ण मन्दिरदेखि बेलडाँगी कालोपत्रे सडकको उद्घाटन गर्ने बताइएको छ।