निवर्तमान सभामुख महराको अन्तिम सुनुवाइ शुरु, आजै फैसला आउन सक्ने



०४ फागुन २०७६, काठमाडौं

प्रतिनिधि सभाका निवर्तमान सभामुख कृष्णबहादुर महराको आइतबार (आज) अन्तिम सुनुवाइ शुरु भएको छ।

सुनुवाइ जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अमर पौडेलको इजलासमा शुरु भएको हो।

अदालतका श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठका अनुसार सम्भवतः आजै फैसला हुनेछ। ‘बहस सकिए आजै फैसला पनि हुन्छ।” उनले भनेका छन्।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको नि. सभामुख महरालाई थुनामा राख्ने जिल्ला अदालतको आदेश गत ३ पुषमा उच्च अदालतले पनि सदर गरेको थियो।

पुर्पक्षको लागि थुनामा राख्ने आदेशविरुद्ध महरा गत ५ मंसिरमा उच्च अदालत पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्