सामाजिक सञ्जालमा नेहा र आदित्यको विवाहको भिडियो भाइरल भएपछि आदित्यले खोले विवाहको रहस्य



०४ फागुन २०७६, काठमाडौँ

केहीसमय अघिदेखि सामाजिक सञ्जालमा नेहा कक्कर आदित्य नारायण झा को विवाहको चर्चा निकै भैरहेको छ । यिनीहरुले भ्यालेनटाइन डे को दिन विवाह पनि गरे ।

यसबारे आदित्यले केही बताएका छन् । आदित्यले विवाह आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण निर्णय भएकाले यसबारे आफूले खुलेर बताउने बताए । उनले नेहा र उनको विवाह टिआरपी को लागि मात्र भएको पनि खुलाएका छन् ।

सामाजिक सञ्जालमा नेहा र आदित्यको विवाहको भिडियो भाइरल भएपछि आदित्यले भने, ‘यदि मैले मेरो जिन्दगीको बारेमा यति ठूलो फैसला गरेँ भने त्यसको घोषणा म आफैँ नै गर्छुँ । विवाह मेरो लागि निकै ठूलो निर्णय हो । म किन लुकाउँछु र रु हो, नेहा र मेरो विवाहको कुरा हाँसीमजाकमा सुरु भएको थियो र सबैले त्यसलाई गम्भीर रुपमा लिनुभयो ।’

साथै, उनले शो मेकर्सले जे गर्न आग्रह गरे उनीहरुले त्यसै गरेको समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्