सँगै जहाज कुराई…



०४ फागुन २०७६, काठमाडौं

संघीय समाजवादी पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ फरक फरक पार्टीमा रमाएपछि उनीहरुलाई एकै ठाउँमा पनि विरलै भेटिन्छन्।

तर, आइतबार (आज) दुवै पार्टीका नेताबीच संयोगवश त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकै ठाउँमा भेटिएका छन्। अध्यक्ष प्रचण्ड पार्टी कार्यक्रमका लागि नेपालगञ्ज जान लागेका थिए भने, संयोजक डा. भट्टराई विशेष कामको लागि पोखरा जान लागेका थिए।

तर, निर्धारित समयमा उडान नभएपछि दुवै नेताहरुले विमानस्थलमा सँगै केही घण्टा बिताए। उनीहरु सँगै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेता टोपबहादुर रायमाझीलगायतका नेताहरु पनि थिए।

प्रतिक्रिया दिनुहोस्