‘अध्यक्षद्वयलाई एमसीसीबारे बोल्ने अधिकार छैन’



०४ फागुन २०७६, काठमाडौं

नेकपा स्थायी समिति सदस्य भीम रावलले नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीलाई एमसीसीबारे बोल्ने अधिकार नभएको बताएका छन्।

पार्टी केन्द्रीय कमिटीको बैठकले एमसीसी अध्ययन गर्ने जिम्मा कार्यदललाई दिइएको बताउँदै उनले एमसीसीको प्रतिवेदन नआउँदै पार्टीका कुनै व्यक्तिलाई बोल्ने अधिकार नभएको बताएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा र संसद बाहिर पनि एमसीसी पारित हुन्छ भन्दै दिएको अभिव्यक्तिबारे सोधिएको प्रश्नमा नेता रावलले केन्द्रीय समितिले कार्यदललाई एमसीसी अध्ययनको जिम्मा दिएकाले यसबारे कसैलाई पनि बोल्ने अधिकार नभएको बताएका हुन्।

“म पनि सार्वजनिक रूपमा एमसीसीबारे बोल्थें नी, कार्यदललाई जिम्मा दिइएकोले नबोलेको हुँ।” नेता रावलले भने, ‘नेकपाको पूर्ण बैठकबाट कार्यदल गठन हुने निर्णय बमोजिम गम्भीर विषयमा छलफल गर्ने कार्यादेश प्राप्त भएको छ।’

पार्टी केन्द्रीय कमिटी बैठकले एमसीसीबारे सुझाव पेश गर्न झलनाथ खनालको संयोजनमा प्रदीप ज्ञवाली र भीम रावल सदस्य रहने गरी कार्यदल गठन गरेको छ।

प्रतिक्रिया दिनुहोस्