०५ फागुन २०७६, काठमाडौं
पूर्व उपसभामुख शिवमाया तुम्बाहाङ्फे कानून न्याय तथा संसदीय मामिला मन्त्री बन्ने भएकी छिन्।
यसअघि उप-प्रधानमन्त्रीसमेत रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजीनामा दिएपछि कानून मन्त्रीको जिम्मेवारी स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई दिएको थियो।
तुम्बाहाङ्फेले सोमबार दिउँसो साढे ३ बजे राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहण गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री केपी शर्मा ओलीकाका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्।
अग्नी प्रसाद सापकोटालाई सभामुख बन्ने बाटो खोलिदिनका लागि तुम्बाहाङ्फेले गत ६ माघमा उपसभामुख पदबाट राजीनामा दिइएकी थिइन्।
फाइल तस्वीर