०५ फागुन २०७६, काठमाडौं
यौन दुर्व्यवहारको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरा अन्तिम फैसलाका लागि अदालतमा उपस्थित भएका छन्।
फैसलाका लागि महरा जिल्ला अदालत काठमाडौंमा उपस्थित भइसकेका छन्। आइतबार (हिजो) दुवैपक्षका कानून व्यवसायीको बहस सकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो।
संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको पूर्वसभामुख महरालाई थुनामा राख्ने जिल्ला अदालतको आदेश गत ३ पुषमा उच्च अदालतले पनि सदर गरेको थियो।
पुर्पक्षको लागि थुनामा राख्ने आदेशविरुद्ध महरा गत ५ मंसिरमा उच्च अदालत पुगेका थिए।