०५ फागुन २०७६, काठमाडौं
पूर्व सभामुख कृष्णबहादुर महरा डिल्लीबजार कारागारबाट छुट्दै गर्दा उनको स्वागतका लागि त्यहाँ पुगेका समर्थकहरुले एमसीसीविरुद्ध नारा लगाएका छन्।
महराले आफू सभामुख भएका बेला एमसीसी परियोजनालाई अगाडि सारेका थिएनन्। एमसीसी पारित गर्ने वा नगर्न भनी अहिले सत्तारुढ नेकपाभित्र रस्साकस्सी छ।
एमसीसीबारे अध्ययन गर्न नेकपा केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा कार्यदल गठन गरेको छ।
संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको पूर्वसभामुख महरालाई थुनामा राख्ने जिल्ला अदालतको आदेश गत ३ पुषमा उच्च अदालतले पनि सदर गरेको थियो।
पुर्पक्षको लागि थुनामा राख्ने आदेशविरुद्ध महरा गत ५ मंसिरमा उच्च अदालत पुगेका थिए।