०८ फागुन २०७६, काठमाडौँ
चर्चित गायक राजेश पायल राईले विवाह गर्न लागेको कुरा लामो समयदेखि चल्दै आएको छ । केहीसमय अघि एक अन्तवार्तामा अब छिट्टै नै विवाह गर्ने बताएका थिए ।
अझ उनले त चैतमा विवाह गरेर जुम्ल्याहा बच्चा जन्माएर देखाउने समेत बताएका छन् । केहीसमय अघि सांस्कृतिक कार्यक्रमका लागि यूरोप गएका राजेश यूरोपको कार्यक्रम छोट्याएर यूके गएको जानकारी प्राप्त छ ।
स्रोतअनुसार उनी यूके विवाह गर्नकै लागि गएका हुन् । राजेशको परिवार यूकेमा बस्दै आएको छ । तर यसबारे राजेशले भने कुनै जानकारी दिएका छैनन् ।