०८ फागुन २०७६, काठमाडौं
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएका छन्।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि मन्त्री बाँस्कोटाले राजीनामा दिएका हुन्।
संसदको बैठकमा प्रमुख विपक्षी कांग्रेसले सञ्चारमन्त्री बाँस्कोटाको राजीनामा मागेको थियो।
कांग्रेसले संसद अवरुद्ध गरेपछि सभामुख अग्नी प्रसाद सापकोटाले सञ्चारमन्त्रीले राजीनामा दिइसकेको बताए।