०९ फागुन २०७६, काठमाडौँ
शिल्पा सेट्ठी बलिउडकी चर्चित नायिका हुन् । कुनै समयमा त उनलाई फिल्म खेलेर भ्याईनभ्याई हुन्थ्यो । आजभोली भने उनी फिल्ममा भन्दापनि रियालिटी शो मा ज्यादा व्यस्त देखिन्छिन् ।
यस्तै शिल्पाका फ्यानको लागि एउटा खुसीको खबर आएको छ । शिल्पा दोस्रो पटक आमा बनेकी छिन् । यो कुरा सुन्दा दर्शकलाई अचम्म लाग्न सक्छ । किनकी उनी गर्भवती भएको खबर कतै आएको थिएन ।
यसपटक शिल्पा र उनका श्रीमान राजले सेरोगेसी मार्फत छोरीलाई जन्म दिएका छन् । यो कुराको जानकारी खुद शिल्पाले सामाजिक सञ्जालमार्फत दिएकी छिन् । उनले छोरीको नाम समिषा कुन्द्रा राखेको समेत जानकारी दिएकी छिन् । ४४ बर्षकी शिल्पाका ७ बर्षिया छोरा समेत रहेका छन् ।