१० फागुन २०७६, काठमाडौं
समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले आकाशतिर फर्केर थुक्दा त्यहीँ थुक आफ्नै मुखमा परेको बताएका छन्।
पार्टीको संगठन विस्तार सुदृढीकरण अभियानअन्तर्गत शनिबार (आज) पर्वत पुगेका पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले ओलीले ३ फागुनमा आफूमाथि औंला ठड्याउने दुस्साहस गरेको बताउँदै अहिलेको सरकार भ्रष्टाचारको नमूना भएको प्रतिक्रिया दिए।
“भनिन्छ नी! आकाशतिर फर्केर थुक्दा आफैँलाई पर्छ। अस्ति ३ गते म माथि औंला ठड्याउनुभयो। मतिर फर्केर आकाशतिर थुक्नुभयो। ८ गते त आफ्नै मुखमा पर्यो।” भ्टटराईले भने, ‘उहाँ अस्वस्थ हुनुहुन्छ। मेरो बोलीले उहाँलाई प्रतिकूलता पनि हुन सक्छ। योभन्दा बढी केही बोल्दिनँ।’
तस्वीर सौजन्य : बाबुराम भट्टराईको ट्वीटर