१० फागुन २०७६, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले दुई छिमेकी मुलुकसँग सम्बन्ध सन्तुलित बनाउँदै अगाडि बढ्नु पर्ने बताएका छन्।
आफ्नो पुस्तक ‘भिजन टु एक्सन’ को विमोचन कार्यक्रममा शनिबार प्रधानमन्त्री ओलीले सरकार छिमेकीहरुसँग पारस्परिक सम्बन्ध राखेर अघि बढ्नुपर्ने बताएका हुन्।
“सूर्यको वरिपरि ९ ग्रह सन्तुलनमा घुमिरहन्छन्। उनीहरुलाई सन्तुलनमा राख्न डोरी बाँध्न र झुण्ड्याउन आवश्यक पर्दैन।” ओलीले भने, ‘त्यसैगरी हामीले फरक फरक विचार राख्ने दुई ठूला छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध राखेर अगाडि बढ्नु पर्छ। सरकार त्यही नीतिमा अगाडि बढिरहेको छ।’
यस्तै प्रधानमन्त्री ओलीले नेपाल दुई ढुंगाबीचको तरुल भएकाले फैलन नसक्ने भएपनि आफूसँग उपलब्ध स्थानमा समृद्धि हासिल गर्न भने सक्ने बताए।
फाइल तस्वीर