सामान्य जीवनशैली रुचाउने मधेशी आयोगका अध्यक्ष डा. दत्त



१० फागुन २०७६, काठमाडौं
नेपालमा सामान्यत भिआइपीको सवारी हुँदा तामझाम गरेर जाने प्रवृति रहेको छ । तर जीवनमा धेरै संघर्षपूर्ण यात्रा गरेर मूलुकको संवैधानिक निकायको रुपमा रहेको मधेशी आयोगका अध्यक्ष जस्तो गरिमामय पदमा आसिन डा. विजयकुमार दत्त अझ पनि सामान्य जीवनशैलीमै रमाई रहेका छन् ।
अध्यक्ष डा.दत्त कतै आउँदा जाँदा सामान्य किसिमले नै यात्रा गर्न रुचाउछन् । शिवरात्रीको अवसरमा पशुपतिनाथको दर्शन गर्न पुगेका डा.दत्त आम नागरिक झैँ भिडमा हिडीरहेका थिए । डा.दत्तसँग उनका सुरक्षाकर्मी तथा स्वकीय सचिव भएपनि डा. दत्त भिडमा आमनागरिकसँग हिड्न रमाई रहेका थिए । डा. दत्त भन्नुहुन्छ,“ हामीले गर्दा आराध्यादेव पशुपतिनाथको दर्शनका अभिलाषी हजारौ स्वदेशी तथा विदेशी भक्तजनहरूलाई कुनै किसिमको बाधा वा समस्या हुनुहुदैन । उनका अनुसार,“ हामीले आफ्नो तर्फबाट विभिन्न ठाउँबाट पाल्नुभएका भक्तजनहरुलाई सक्दो सहयोग तथा दर्शनको निमित सहज वातावरणको निर्माण गरिदिनु पर्छ ।”
“अध्यक्ष डा. विजयकुमार दत्तका स्वकीय दिपेन्द्र यादवका अनुसार अध्यक्ष नागरिकको लागि कसरी सहज वातावरणको निर्माण गर्न सकिन्छ भन्ने पक्षमा सधै क्रियाशील रहनुहुन्छ । अध्यक्ष मर्निंग वाक वा नजिकका विभिन्न ठाउँमा जानुपर्दा आम नागरिक सरह एक्लै जान रुचाउने स्वकीय सचिव यादव बताउछन् ।
डा. दत्तको कार्यकालको झन्डै १ वर्ष पुग्न लाग्दा उहाँले आफै देशको बिभिन्न ठाउँहरु पुगेर त्यहाँ बसोबास गरिरहेका मधेशी समुदायको अवस्थाबारे स्थलगत निरीक्षण गर्दै आएका छन् । डा. दत्तको सरल तथा सामान्य जीवनशैली नेपाली समाजको लागि एक उदाहरण बनेको छ ।
प्रतिक्रिया दिनुहोस्