नेकपाले गौतमलाई राष्ट्रिय सभामा लैजाने



१० फागुन २०७६, काठमाडौं

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउनेबारे सचिवालयमा छलफल भएको छ।

स्रोतका अनुसार शनिबार (आज) बालुवाटारमा बसेको सचिवालय बैठकमा गौतमलाई राष्ट्रियसभा सदस्य बनाउनेबारे छलफल भएको हो।

यद्यपि निर्णय भने अर्को बैठकले गर्ने भएको छ। गौतमले यसअघि संविधान संशोधन गरेर राष्ट्रियसभाबाट पनि प्रधानमन्त्री हुन मिल्ने भएमात्रै आफू राष्ट्रियसभामा जाने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्