कांग्रेस हावाले भरिएको वेलुन जस्तै हो, कसैले फुटाउनु पर्दैन : सांसद बस्नेत



१० फागुन २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस हावाले भरिएको बेलुन तथा घमण्डले भरिएको मान्छे जस्तै भएको बताएका छन् । सांसद बस्नेतले भने, ‘कांग्रेस हावाले भरिएको वेलुन जस्तै हो, कसैले फुटाउनु पर्दैन, आफै फुट्छ ।’

नमोवुद्ध नगरपालिका वडा नं. ९ मा ग्याल्बो ल्होछार कार्यक्रममको सम्बोधन गर्दै मुलुक समृद्धिको बाटोमा तिव्र गतिमा अघि बढिरहेको बताए । उनले कांग्रेसलाई एजेण्डा विहिन भएकाले भिरबाट लडेको मान्छे जस्तो जे भेट्यो त्यही समात्नु पर्ने अवस्थामा रहेको बताए । वर्तमान नेकपाको सरकारले मुलुकको चारै दिशामा विकासका मुलहरु फुटाएको उल्लेख गर्दै कांग्रेसले आफ्नो अस्थित्वलाई स्थापीत गर्न सरकारसँग सहकार्य गरि अघि बढ्न आग्रह समेत गरे ।
अनावश्यक मुद्धा उठाई कांग्रेसले आफ्नो विगतको साख समेत गुमाउँदै गएको बताउँदै झुटको खेती नगर्न समेत आग्रह गरे । उनले मुलुकको समृद्धि कुनै एक पार्टीको नभई समग्र मुलुक तथा जनताको भएकाले कांग्रेसले वर्तमान सरकारले गरेको कामलाई साथ र सहयोग गरी अगाडी बढ्न अनुरोध गरेका थिए ।

सांसद बस्नेतले भने, ‘मुलुकले काँचुली फेर्दैछ, यसमा साथ दिनु कांग्रेसको पनि दायीत्व हो । सरकारले विकास र समृद्धिको साथमा भ्रष्टाचार तथा सुशासन स्थापना गर्न थालेको छ । कांग्रेसले मेरो वा तेरो भनेर आत्तीनु पर्दैन कानुनभन्दा माथि कोही छैन । कानुनी राज्यको आभास हुने र जनतालाई महशुस गराउने गरी सरकारले काम गर्छ ।’

समर्थक र सभेच्छुकहरुले कुनै पनि राजनीतिक घटनाक्रमबाट नआत्तीन आग्रह गर्दै राजनीतिक गर्ने व्यक्तिलाई कहिले काँही बदनाम गराउने उद्देश्यले समेत केही घटनाहरु आइरहने बताए । जुनसुकै घटनाक्रमको समाधान गर्ने कानुनी निकाय रहेको उल्लेख गर्दै सांसद बस्नेतले स्वतन्त्र निकाले वास्तविकता छानविन गरी कसैलाई काखा र कसैलाई पाखा गर्ननहुने स्पष्ट पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्