सलमान खानलाई मार्ने जिम्मा लिएका कुख्यात गुण्डा पक्राउ



११ फागुन २०७६, काठमाडौँ

कलाकार हुनको लागि जति हामीले सोच्छौँ त्यति सजिलो छैन । हेर्दा आरामदायी जीवन देखेपनि कलाकारले धेरै कुराको सामना गर्नुपर्ने हुन्छ । चाहेर पनि कति कलाकारले साधारण मानिसले जस्तो स्वतन्त्र जीवन जिउन पाउँदैनन् ।

अझ कति कलाकारलाई त केही नगर्दा पनि ज्यान मार्ने धम्की आइरहेको हुन्छ । यस्तै बलिउडका चर्चित नायक सलमान खानलाई पनि बेलाबेलामा ज्यान मार्ने धम्की आइरहेको हुन्छ ।

यस्तै सलमानलाई मार्न सुपारी लिएका एक गुण्डा रवि मलिकलाई प्रहरीले प्रक्राउ गरेको छ ।

राजस्थानका कुख्यात शुटर रविले सन् २०१८ मा अभिनेता खानको हत्याको लागि सुपारी लिएका थिए ।

लरेन्स बिश्रोइ गिरोहका सम्पत नेहाले सलमान खानलाई उनकै घरको बरण्डामा मार्ने योजना बनाएका थिए । सलमान खान प्रायः सुरक्षागार्डविना आफ्ना प्रशंसकहरुसँग कुराकानी गर्न बरण्डामा आउने समयमा सम्पतले सजिल्यै मार्न सकिने सोचमा थिए ।

तर यतिबेला भने उनी जेलमा छन् ।

प्रतिक्रिया दिनुहोस्