यी व्यापारीले गरे प्रेमिका खोजिदिनेलाई २८ लाख दिने घोषणा



११ फागुन २०७६, काठमाडौँ

अमेरिकाका एक व्यापारीले अनौठो घोषणा गरेका छन् ।

जेफ गेबहार्ट नाम गरेका व्यापारीले आफूलाई प्रेमिका खोजिदिने व्यक्तिलाई २५ हजार अमेरिकी डलर अर्थात करिब २८ लाख नेपाली रुपैँया दिने बताएका छन् ।

जेफको अनौठो घोषणाले कतिपय त उत्साहित भएका पनि छन् ।

जेफले प्रेमिका खोज्न डेटिङ वेबसाइटमा विज्ञापन गरेपनि अनलाइन डेटिङमा मन टुटेको बताएका छन् ।

उनले आफूलाई आवश्यक पर्ने प्रेमिकाको विशेषता पनि खुलाएका छन । आफूसँग प्रेम गर्ने खुला दिल, माया र मस्तीमजाक गर्ने हुनुपर्ने उनले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्