११ फागुन २०७६, काठमाडौँ
शुक्रबारबाट देशव्यापी रुपमा प्रदर्शनमा आएको चलचित्र सेन्टि भाइरस ले आक्रमक व्यापार गरिरहेको छ । चलचित्रले देशभरबाट २ दिनमा लगभग साढे २ करोडको व्यापार गरेको छ ।
पहिलो दिन चलचित्रले १ करोड १२ लाखको व्यापार गरेको थियो । हिजो शनिबार बिदाको दिन परेकाले चलचित्र हेर्ने दर्शकको संख्या हलमा झन धेरै थियो । शनिबार चलचित्रले १ करोड ३५ लाखको व्यापार गरेको स्रोतले बताएको छ ।
यसरी हेर्दा सेन्टि भाइरस ले २ दिनमा २ करोड ४७ लाखको व्यापार गरेको छ । चलचित्रले दर्शकबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ ।
रामबाबु गुरुङको निर्देशनमा तयार भएको चलचित्रमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, वुद्दि तामाङ, राजाराम पौडेल लगायतको मुख्य भूमिका छ ।