अर्थमन्त्री खतिवडाको ठाउँमा बामदेवलाई सांसद



११ फागुन २०७६, काठमाडौं

डेढ वर्षको कसरतपछि सत्तारुढ नेकपा नेता बामदेव गौतम ‘मनोनीत सांसद’ का रूपमा संसद प्रवेश गर्न तयार भएका छन्।

उनी अर्थमन्त्री युवराज खतिवडालाई प्रतिस्थापन गर्दै राष्ट्रिय सभामा प्रवेश गर्न सहमत भएका हुन्।

अर्थमन्त्री खतिवडाको कार्यकाल आगामी २० फागुनबाट सकिँदै छ।

नेकपाको शनिबार (हिजो) बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभाको सिटमा गौतमलाई लैजाने समझदारी जुटेको थियो।

“बामदेव गौतम कमरेडलाई राष्ट्रिय सभामा लैजाने सहमति भएको छ। औपचारिक निर्णय हुन भने बाँकी छ।” एक सचिवालय सदस्यले भने, ‘कानूनी प्रक्रिया पूरा गरेपछि औपचारिक निर्णय हुन्छ।’

यसअघि नेता गौतमले राष्ट्रिय सभा सदस्यसमेत प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन नभएसम्म सांसद नबन्ने सर्त राख्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस्