नायिका आँचल शर्माले गरिन् इन्गेजमेन्ट, विवाह कहिले ?



१२ फागुन २०७६, काठमाडौँ

नायिका आँचल शर्माले आज आफ्ना प्रेमी उदिप श्रेष्ठसँग इन्गेजमेन्ट गरेकी छिन् । उदिप र आँचल विगत १ बर्षदेखि प्रेममा छन् ।

आँचलले फागुनको अन्तिमसम्ममा आफ्नो विवाह हुने बताएकी थिइन् । अझैपनि उनको विवाहको मिति सार्वजनिक भएको छैन । तर उनले आज इन्गेजमेन्ट भने गरेकी छिन् ।

आँचल र उदिप आफैँले भने इन्गेजमेन्टको तस्बिर सेयर गरिसकेका छैनन् । तर उनीहरुका इन्गेजमेन्टका तस्बिर सार्वजनिक भएका छन् ।

प्रतिक्रिया दिनुहोस्