‘मिस नेपाल २०२०’ को आवेदन खुल्ला, ९ सहरमा अडिसन हुदैँ



१३ फागुन २०७६, काठमाडौँ

मिस नेपाल २०२० को आवेदन खुल्ला भैसकेको छ । यसपटक मिस नेपाल को अडिसन ९ जिल्लामा हुने भएको छ ।

अडिसन धनगडी, नेपालगंज, बुटवल, पोखरा, चितवन, विरगंज, धरान, विर्तामोड र काठमाडौंमा हुनेछ ।

मिस नेपाल २०२० को आवेदन मार्च २७ सम्म भर्न सकिने छ । यसपटक मिस नेपाल को राशी बढाइएको छ । यस वर्ष विजेताले त्रैमासिक भत्ता र पुरस्कारको रुपमा २ लाख ५० हजार प्रदान गरिने छ ।

मिस नेपाल मा भाग लिनको लागि १९ देखि २६ बर्षसम्मका अविवाहित युवतीले सक्नेछन् । जसको हाईट अनिवार्य रुपमा ५.४ हुनुपर्नेछ । साथमा नेपालको नागरिकता अथवा नेपालको पासपोर्ट पनि हुनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्