१४ फागुन २०७६, काठमाडौँ
अन्ततः निर्माता माधव वाग्ले र भुवन केसीबिच सहमति भएको छ । माधवले भुवनसँग मिलेर चलचित्र पारश बनाउन चाहेको बताएका थिए । चलचित्र पारश को कथा भुवन र अनमोल दुवैलाई मन परेको थियो । तर चलचित्र गर्ने वा नगर्ने बारे अनमोल दोधारमा थिए ।
अन्ततः अनमोलले पारश मा काम गर्ने भएका छन् । अनमोलले अब ए मेरो हजुर ४ पछि पारश लाई नै समय दिनेछन् । यो चलचित्र दि सुपर काजोल फिल्मस अर्थात अनमोलको होम प्रोडक्सनबाट बन्नेछ ।
चलचित्रमा नायिका भने फाइनल भएकी छैनन् । भुवनले केहीदिनमै नायिकाको नाम सार्वजनिक गर्ने बताएका छन् । अनमोलले पारशमा काम गर्ने पक्का भएसँगै ए मेरो हजुर ४ पछि बन्ने भनिएको चलचित्र एन्टि हिरो को काम पछाडी सारिएको छ ।
गोप्य स्रोतको जानकारी अनुसार एन्टि हिरो मा फाइनल भएकी जसिता अनमोलसँग पारश मा देखिदैँछिन् । तर यसबारे निर्माण टिमले भने कुनैपनि जानकारी दिएको छैन ।