पूजाले हातै जोडेर गरिन् सबैलाई चलचित्र ‘आमा’ हेर्न आग्रह



१४ फागुन २०७६, काठमाडौँ

गत शुक्रबारबाट देशव्यापी रुपमा प्रदर्शनमा आएको चलचित्र आमा ले दर्शक र समिक्षकबाट निकै राम्रो प्रतिक्रिया पाइरहेको छ । चलचित्रले सोचेजति राम्रो व्यापार गर्न सकेन । तर चलचित्र हेने अधिकांश दर्शकले चलचित्रको कथाले निकै मन छोएको बताएका छन् ।

यस्तै हिजो राजधानीको कुमारी हलमा चलचित्र म यस्तो गीत गाउँछु २ को टोली पनि चलचित्र आमा हेर्न पुगेको थियो । आमा चलचित्र हेरेर निकै भावुक भएको पूजा र पलले बताएका छन् ।

अझ पूजाले त चलचित्र आमा सबैले हेर्न जरुरी रहेको बताएकी छिन् । उनले हातै जोडेर सबैलाई चलचित्र हेर्न आग्रह गरेकी छिन् ।

त्यस्तै, अभिनेता पल शाहले फिल्म निकै मर्मस्पर्शी बनेको बताए । फिल्ममा आफूलाई रिलेट गरेको बताउँदै उनले भने, ‘मध्यमवर्गीय परिवारमा आउने समस्या, हस्पिटलभित्र हुने लुट, आमा र छोरीको सम्बन्धलाई फिल्ममा निकै मनछुने ढंगबाट देखाइएको छ । फिल्म मलाई साह्रै मनपर्यो ।’ ‘आमा’ मा सुरक्षा पन्त र मिथिला शर्मा आमा(छोरीको भूमिकामा छन् ।

प्रतिक्रिया दिनुहोस्