१४ फागुन २०७६, काठमाडौं
समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूलगायत प्रधानमन्त्री बनेका सबै नेताहरुको सम्पत्ति छानविन गर्न माग गरेका छन्।
बुधबार (आज) बोलाइएको प्रतिनिधि सभाको बैठकमा बोल्दै भट्टराईले गाउँमा बुकुरो घर भएका नेताहरूको काठमाडौंमा कसरी महल ठडियो भन्नेबारे सम्पत्ति छानविन गर्न माग गरेका हुन्।
“मलगायत सबैको सम्पत्ति छानविन गरौं।” उनले भने, ‘हिजो हामी त साथीहरूले दिएको जडौडी लुगा, चप्पल लगाएर हिँड्थ्यौं। हिले हामी कसरी सुटेटबुटेट भएका छौं। कसरी चिल्ला कार चढेर हिँडेका छौं।’
प्रधानमन्त्री केपी शर्मा ओलीको तेह्रथुमस्थित घर जन्मदिनको दिन देखिएको उल्लेख गर्दै भट्टराईले प्रधानमन्त्रीको भन्दा गोरखामा आफ्नो घर राम्रो रहेकोसमेत बताए।