१४ फागुन २०७६, काठमाडौं
सत्तारढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले वामदेव गौतमलाई राष्ट्रिय सभामा सिफारिस नगर्ने बताएका छन्।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले राष्ट्रिय सभा सदस्यमा वामदेव गौतमलाई सिफारिस गर्न नसक्ने बताएका हुन्।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने राष्ट्रिय सभा सदस्यमा वामदेव गौतमलाई लैजान बुधबार (आज) बसेको सचिवालय बैठकको निर्णय लगत्तै ‘आफूविरुद्ध खेल’ भएको भन्दै ओलीले आफूलाई सचिवालयको निर्णय ठिक नलागेको बताएका थिए।
सचिवालयका केही नेतालाई फोन गरेर ओलीले वामदेवलाई राष्ट्रिय सभामा सिफारिस नगर्ने चेतावनी दिएको श्रोतले उल्लेख गरेको छ।