दिल्ली हिंसामा ज्यान गुमाउनेको संख्या २२ पुग्यो, मोदीले गरे शान्तिका लागि अपिल



१४ फागुन २०७६, काठमाडौं

भारतको उत्तर–पूर्वी दिल्लीमा नागरिकता संशोधन कानून (सीएए)विरुद्ध चर्किएको आन्दोलनमा ज्यान गुमाउनेको संख्या २२ पुगेको छ।

आन्दोलनमा सीएएको पक्षमा रहेका सत्ताधारी भारतीय जनता पार्टी समर्थक र सीएएको विरोधमा रहेका आन्दोनकारीबीच भड्किएको हिंसामा कम्तीमा २ सय ५० जना घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

यसबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा घटनाको तीन दिनपछि बल्ल मुख खोलेका छन्। प्रधानमन्त्री मोदीले मानिसहरुसँग शान्ति र भाइचाराको लागि अपिल गरेका छन्।

यस्तै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले हिंसा प्रभावित क्षेत्रमा सेना परिचालन गर्नुपर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्