१५ फागुन २०७६, काठमाडौं
भारतको राजधानी नयाँ दिल्लीमा गत आइतबारदेखि भड्किएको हिंसामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।
‘पीटीआई’ समाचार एजेन्सीले स्वास्थ्य विभागका एक अधिकारीलाई उद्धृत गर्दै जनाएअनुसार हिंसाका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको हो ।
दिल्लीको उत्तरपूर्वी क्षेत्रमा जारी हिंसामा सयौँको संख्यामा घाइते भएको जनाइएको छ ।
हिंसाका क्रममा घाइते भएकाहरुलाई अस्पताल लगिएको थियो । तीमध्ये दिल्लीस्थित गुरु तेगबहादुर अस्पताल (जीटीबी अस्पताल) प्रशासनले ३० जनाको मृत्यु भएको जानकारी दिएको छ भने नायक जयप्रकाश नारायण अस्पतालमा थप दुई जनाको मृत्यु भएको जनाइएको छ ।