१६ फागुन २०७६, काठमाडौँ
झरना थापा निर्देशित चलचित्र ए मेरो हजुर ४ को आज शुभमुर्हूत गरेसँगै छायांकन सुरु गरिएको छ ।
राजधानीको कार्यविनायक मन्दिरमा शुभमुर्हूत गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो । झरनाले आज काठमाडौँमा केही छायांकन गरेर सुटिङ युनिट पोखरा निस्कने जानकारी दिएकी छिन् ।
चलचित्रमा दोस्रो पटक नायक अनमोल केसी र नायिका सुहाना थापाको जोडी दर्शकले देख्न पाउनेछन् । यस्तै अघिल्ला सिरिजमा झैँ यस सिरिजमा पनि सलोन बस्नेत पनि रहनेछन् ।
चलचित्र ए मेरो हजुर ४ लाई आउँदो बर्षको दशैँमा रिलिज गर्ने तयारी निर्माण टिमको रहेको छ । चलचित्र प्रेमकथामा आधारित हुनेछ ।