‘मेरी श्रीमती अहिले ३७ बर्षकी भइन् र म २७ बर्षको भए,तर यसले मलाई केही फरक पार्दैन’ : निक



१६ फागुन २०७६, काठमाडौँ

प्रियंका चोपडा र निक जोनस प्राय सधैँ चर्चामा रहने जोडी हुन् । यी दुईले गत बर्षको डिसेम्बरमा विवाह गरेका थिए । प्रियंका र निकको चर्चासँगै आलोचना र ट्रोल पनि हुने गरेको छ ।

विशेष उनीहरुको उमेर अन्तरलाई लिएर ट्रोल हुने गरेको छ । निकभन्दा प्रियंका १० बर्ष जेठी छिन् । यस्तै एक अन्तवार्तामा निकले यसबारे केही बताएका छन् ।

उनले भने, मेरी श्रीमती अहिले ३७ बर्षकी भइन् र म २७ बर्षको भए । हामीबिच १० बर्षको उमेर अन्तर छ । तर यसले मलाई केही फरक पार्दैन । मिडियाले यसबारे जति नै चर्चा गरेपनि हामीले यसलाई वास्ता गर्ने गरेका छैनौँ ।

हुन पनि उमेरलाई लिएर जति नै ट्रोल भएपनि प्रियंका र निकले यसबारे रियाक्ट गरेका छैनन् । उनीहरु आफ्नो दाम्पत्य जीवन निकै खुसीसाथ बिताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्