‘नेपाल आइडल’ को उत्कृष्ट ८ बाट रुदैँ बाहिरिइन् रचना, लेखिन् यस्तो भावुक स्टाटस…



१६ फागुन २०७६, काठमाडौँ

नेपाल आइडल सिजन ३ ले पछिल्लो समयमा राम्रो प्रतिक्रिया पाइरहेको छ । सिजन १ र २ लाई झैँ सिजन ३ लाई पनि दर्शकले निकै रुचाएका छन् । यस्तै हिजो प्रशारित एपिसोड त झनै रमाइलो थियो तर त्यति नै आश्चर्यचकित पनि थियो ।

हिजो प्रशारण एपिसोडमा नेपाल आइडल सिजन १ र २ का केही प्रतियोगीले सिजन ३ का प्रतियोगीलाई गीत गाउन साथ दिएका थिए । सबैले निकै राम्रो प्रस्तुती पनि दिए । यस्तै हिजो नेपाल आइडल बाट दर्शककी अत्यन्तै प्रिय प्रतिस्पर्धी रचना रिमाल आउट भइन् ।

रचना आउट भएको कुरा स्वीकार्न दर्शकलाई मात्र नभएर जजहरुलाई पनि गाह्रो भएको थियो । उनी निरन्तर ३ हप्तादेखि सबैभन्दा धेरै भोट पाउने प्रतिस्पर्धीको रुपमा रहँदै आएकी थिइन् र हिजो अचानक उनी आउट भइन् ।

रचना मात्र १७ बर्षकी भइन् । तर कलिलै उमेरमा उनले लाखौँ दर्शकको मन जित्न सफल भइन् । आउन भएको कुरा विश्वास गर्न रचना आफैँलाई गाह्रो परेको थियोे । हुन पनि टप ८ मा आएर बाहिरिने रहर कसलाई पो हुन्छ र ? आउन भएपछि उनले सबैलाई धन्यवाद दिदैँ भावुक हुन पुगिन् । उनी आफू मात्र रोइनन् उनका धेरै शुभचिन्तक पनि रोए ।

तर प्रतियोगिताको नियम नै यहि हो । हरेक हप्ता कोही न कोही त जानै पर्छ । रचनाले आगामी दिनमा संगीतमा आफूलाई अगाडी बढाउँदै लैजानेछिन् भन्ने कुरामा धेरैले आशा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्