दोस्रो हप्तामा ‘आमा’ र ‘सेन्टि भाइरस’



१६ फागुन २०७६, काठमाडौँ

आजबाट चलचित्र आमा र सेन्टि भाइरस दोस्रो हप्तामा प्रवेश गरेको छ । हलमा अन्य चलचित्र रिलिज नहुदाँ त्यसको फाइदा सेन्टि भाइरस र आमा लाई पुगेको छ ।

चलचित्र आमा ले दर्शक र समिक्षकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेका छ भने वर्ड अफ माउथ बलिलो भएका कारण कमाई पनि बढाइरहेको छ । यस्तै मिश्रित प्रतिक्रिया पाइरहेको सेन्टि भाइरस को कमाइ भने आश्चर्यचकित नै छ । सेन्टि भाइरस ले प्रदर्शनको पहिलो दिनदेखि नै निकै राम्रो कमाइ गर्दै आएको छ ।

अहिले पनि सेन्टि भाइरस हेर्न हलमा दर्शकको ठूलै भिड देखिएको छ । सेन्टि भाइरस र आमा दुवैको कमाइ अझै बढ्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्