१६ फागुन २०७६, काठमाडौँ
आयुष्मान देशराज जोशी र प्रियंका कार्कीले आज धार्मिक परम्परा अनुसार विवाह गरेका छन् । उनीहरुले हिजो अदालतमा गएर विवाह गरेका थिए । आज भने सामाजिक रुपमा उनीहरुले धुमधामसँग विवाह गरेका छन् ।
आयुष्मान र प्रियंकाको विवाहको एक तस्बिर भर्खरै सार्वजनिक भएको छ । जहाँ उनीहरुलाई निकै राम्रो देखिएको छ । विवाहसँगै आजै आफन्त र चलचित्रकर्मीलाई रिसेप्सन पार्टी दिने योजना प्रियंका र आयुष्मानको रहेको छ ।