इरानका उपराष्ट्रपति कोरोना भाइरसबाट संक्रमित



१६ फागुन २०७६, काठमाडौं

इरानका उपराष्ट्रपति मसोमे एबतेकर कोरोना भाइरसबाट संक्रमित भएका छन्।

त्यहाँ स्वास्थ्यमन्त्रीका अनुसार कोरोना भाइरसबाट संक्रमित हुनेमा उनी सातौं उच्च अधिकारी हुन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता किआनस जहानपुरले प्रेस सम्मेलनमा बताएअनुसार इरानमा २ सय ४५ संक्रमित भइसकेका छन्।

कोरोना भाइरसको संक्रमण फैलिने देशमा इरान पनि एक हो। अहिले उपराष्ट्रपति एबतेकरको घरमै स्वास्थ्य टोलीले उपचार गरिरहेको छ।

यससँगै संसदको राष्ट्रिय सुरक्षा तथा विदेश मामिलाका प्रमुख मोजताबा जोलनोरलाई पनि संक्रमण सरेको त्यहाँका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

कोरोना भाइरसका कारण इरानमा २६ जनाको मृत्यु भइसकेको छ। एजेन्सी

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्