सिंहदरबारमा सबैभन्दा बढी भ्रष्टाचार : बिजुक्छे



१७ फागुन २०७६, काठमाडौं

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सबैभन्दा बढी भ्रष्टाचार सिंहदरबारमा भएको बताएका छन् ।

वासु माध्यमिक विद्यालय र वासु कलेजको वार्षिकोत्सवको अवसरमा बोल्दै उनले प्रधानमन्त्री गठहरुको घेराबन्दीमा रहेको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र सञ्चार तथा सूचना प्रविधिमन्त्री भ्रष्टाचारमा परेपछि प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बिजुक्छेले बताए ।

‘हरेक मन्त्रीको कामको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ,’ उनले भने, ‘प्रतिपक्षले आफ्नो भूमिका निर्वाह गर्न सकेको छैन । अन्यत्र भए मन्त्रीहरु भ्रष्टाचारमा मुछिएपछि संसद चल्न दिँदैनथ्यो ।’ यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्