१७ फागुन २०७६, काठमाडौँ
केहीसमय अघि आदित्य नारायण र नेहा कक्करको विवाहको खबरले बलिउडमा ठूलै हंगामा मच्चिएको थियो । अझ भ्यालेनटाइन डे को दिन उनीहरुको विवाह हुने पक्का भएको पनि बताइएको थियो ।
तर केहीसमय अघि उदिप र आदित्य दुवैले उक्त बिहेको नाटक शो को टिआरपीको लागि मात्र गरिएको स्पष्ट पारेका थिए । दुवैले शो को टिआरपी बढाउन शो मै विवाह गरेको नाटक गरेका थिए ।
यस्तै यसबारे गायिका नेहा कक्करले नयाँ खुलासा गरेकी छिन् । उनले आदित्य र आफू राम्रो साथी मात्र भएको स्पष्ट पार्दै आदित्यको अर्कै प्रेमिका भएको बताइन् । उनले भविष्यमा आदित्यले आफ्नै प्रेमिकासँग धुमधामसँग विवाह गर्ने पनि बताइन् ।