‘५५ अर्बका लागि राष्ट्रहित विपरीत सम्झौता हुँदैन’



१७ फागुन २०७६, काठमाडौं

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ५५ अर्बका लागि राष्ट्रहित विपरीत सम्झौता नहुने बताएका छन्।

प्रथम सुकुटे महोत्सव २०७६ को उद्घाटन गर्न सुकुटे शुक्रबार (हिजो) पुगेका अध्यक्ष प्रचण्डले शनिबार (आज) पत्रकाहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन्।

यस्तै उनले अमेरिकासँग साझेदार, मित्रता कायम राखेर आवश्यक सहयोग लिन तयार भए पनि एमसीसीको विषयमा कार्यदलको सुझाव लिएर मात्रै अगाडि बढ्ने बताए।

“५५ अर्बको लागि राष्ट्रहित विपरीत सम्झौता हुनै सक्दैन।” अध्यक्ष प्रचण्डले भने, ‘कार्यदलको सुझाव लिएर मात्रै अगाडि बढ्छौं।’

श्रीलंकाली संसदले एमसीसीलाई अस्वीकृत गरेको उदाहारण दिँदै अध्यक्ष प्रचण्डले देशको स्वाधिनतालाई उचो राख्न सम्पूर्ण बुँदा हेरेर मात्रै अगाडि बढ्न अमेरिकासँग घनिभूत छलफल भइरहेको बताए।

प्रतिक्रिया दिनुहोस्