१७ फागुन २०७६, काठमाडौँ
मोडल खुश्बु ओलीलाई २ बर्षको जेल सजाय तोकिएको छ ।
लेनदेन विवादमा रकम नतिरेपछि शुक्रबार जिल्ला अदालत काठमाडौँले खुश्बुलाई २ बर्ष कैदको फैसला सुनाएको हो ।
सप्तरीको राजविराज-८ का ४३ वर्षीय गोपाल कटुवालले ओलीविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्धा दायर गरेका थिए ।
मोडल ओलीले २ वर्षअघि घरजग्गा किन्नका लागि ३६ लाख मागेपछि उनले सापटी स्वरुप रकम दिएका थिए ।
कटुवालले रकम फिर्ता माग्दा ओलीले कुमारी बैंक न्युरोड शाखाको ३६ लाख रुपैयाँको चेक दिएपनि खातामा पैसा थिएन ।